Home Blog Page 24

डा. तीर्थबहादुर श्रेष्ठलाई ललितपुर प्रतिभा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ वनस्पतिविज्ञ तथा लेखक डा. तीर्थबहादुर श्रेष्ठलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कार पहिलोपटक समर्पण गर्न लागिएको हो । काठमाडौँमा जन्मेर ललितपुरमा बस्नुभएका उहाँ नेपालका सुप्रसिद्ध वनस्पतिविज्ञ हुनुहुन्छ । वनस्पतिका विषयमा उहाँद्वारा लिखित विभिन्न शोधलेखहरूका साथै नेपाली भाषामा ‘नेपाल अध्ययन (भाग १ र २)’ तथा ‘नेपाल नखुलेका पाटाहरू’ जस्ता र अङ्ग्रेजी भाषामा Development Ecology of the Arun River Basin in Nepal जस्ता कृतिहरू प्रकाशित छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । ललितपुर जिल्लामा जन्मिएर वा ललितपुर जिल्लालाई कार्यस्थल बनाएर संस्कृति, वन्यजन्तु, वातावरण, विज्ञान–प्रविधि, खेलकुद जस्ता विधामध्ये कुनै एक विधामा अध्ययन–अनुसन्धान तथा प्रकाशनका माध्यमबाट राष्ट्रिय स्तरको योगदान गर्ने प्रतिभाशाली व्यक्तिलाई हरेक वर्ष समर्पण गर्ने गरी प्रा. डा. मुकेश — जनक चालिसेले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन वनस्पतिविज्ञ तथा लेखक डा. तीर्थबहादुर श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

रश्मि हुमागाईंबाट १० जनाको जीवनी तयार

0
शब्दयात्रा प्रकाशनले लघु अनुसन्धान परियोजना अन्तर्गत २०८१ सालको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ रश्मि हुमागाईंमा समर्पण गरेको थियो । त्यही परियोजना अन्तर्गत उहाँले विभिन्न विधामा सक्रिय रही योगदान गरेका काभ्रेपलाञ्चोक जिल्लाका १० जना प्रतिभाहरूको जीवनी अङ्ग्रेजी भाषामा तयार पारेर शब्दयात्रा प्रकाशनमा बुझाउनुभएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन गर्नुपर्ने पुस्तकको सूचीमा राखिसकिएको छ ।

शोधप्रबन्ध तयार

0

शब्दयात्रा प्रकाशनको लघु अनुसन्धान परियोजना अन्तर्गत पुण्यवती घलेलाई २०८१ सालको ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ समर्पण गरिएको थियो । पुण्यवती घलेले ‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ विषयमा शोधप्रबन्ध तयार पारी बुझाउनुभएको छ । सुभाष स्मृति प्रतिष्ठानसँग गरिएको सम्झौता बमोजिम उक्त प्रतिष्ठानबाट यो शोधप्रबन्ध प्रकाशन गरी आगामी फागुन महिनामा सार्वजनिक गरिनेछ ।

दिनेश चौधरीलाई कर्मशीलता पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरीलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । महोत्तरी जिल्लाको जलेश्वरमा जन्मनुभएका उहाँ घर बनाउने फलामे छडमा लाग्ने खिया र बालुवा, सिमेन्ट, गिट्टी जस्ता निर्माण सामग्रीको गुणस्तरका विषयमा सचेतना जगाउने कार्यमा तीन दशक अघिदेखि संलग्न हुनुहुन्छ । आफूले सरकारबाट पाउने गरेको निवृत्तभरण पनि उहाँले यस्तै सामाजिक कार्यमा लगाउनुभएको छ । इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा उहाँका लेखहरू र पुस्तकहरू प्रकाशित छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । राष्ट्रविकासमा कर्मठ र इमानदार योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वप्रशासक तथा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

हुमकला पाण्डेलाई प्रशासनिक महिला प्रतिभा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ प्रशासक हुमकला पाण्डेलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अर्घाखाँची जिल्लाबाट राष्ट्रिय प्रतिभा बन्न सफल उहाँ निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम श्रेणीमा कार्यरत हुनुहुन्छ । विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी बन्नुभएकी उहाँ निजामती सेवामा प्रवेश गर्नुअघि शिक्षण सेवामा हुनुहुन्थ्यो । लेखनतर्फ उहाँका मौलिक सिर्जनाहरू पनि छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । प्रशासनिक क्षेत्रमा रहेकी र अन्य विधामा पनि योगदान गर्ने महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन प्रशासक हुमकला पाण्डेप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

निर्मलाकुमारी यगोल श्रेष्ठलाई काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । धुलिखेल बजारमा २०१० सालमा जन्मनुभएकी उहाँको ‘मेरो देश मेरो गौरव’ नामक कवितासङ्ग्रह प्रकाशित छ । उहाँले ४४ वर्षसम्म शिक्षणसेवा गर्नुका साथै अनुकरणीय शिक्षकहरूलाई सम्मान गर्न अक्षयकोषको स्थापना पनि गर्नुभएको छ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ७ चाँगाथलीमा जन्मेर हाल अस्ट्रेलियामा बसोवास गर्ने निरोज थापाले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

टहलदास शिवाकोटी ‘यात्री’ लाई आध्यात्मिक साहित्य पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले आध्यात्मिक लेखक दुर्गाप्रसाद अधिकारीको स्मृतिमा २०८१ सालदेखि ‘शब्दयात्रा दुर्गाप्रसाद अधिकारी आध्यात्मिक साहित्य पुरस्कार’ समर्पण गर्ने व्यवस्था मिलाएकोमा पहिलोपटक यो पुरस्कार आध्यात्मिक लेखक तथा सम्पादक टहलदास शिवाकोटी ‘यात्री’ लाई समर्पण गरिने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । ताप्लेजुङमा २०१६ सालमा जन्मेर झापामा बसोवास गर्नुभएका उहाँले ‘श्रीकृष्णप्रणामी धर्म नेपाली परिवेश’, ‘धरतीका धर्मरत्न’, ‘नेपाली हुलाक टिकटमा समाविष्ट व्यक्तित्वहरू’ जस्ता पुस्तकको लेखन तथा ‘ज्ञानसरोवर’, ‘प्रेम स्मृतिग्रन्थ’, ‘जागनीबोध’ जस्ता कृतिहरूको सम्पादन गर्नुभएको छ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । आध्यात्मिक साहित्यकारलाई हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित यस पुरस्कारको आर्थिक व्यवस्थापन बनेपा प्रकाशन प्रा. लि. ले गरेको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन आध्यात्मिक साहित्यकार टहलदास शिवाकोटी ‘यात्री’ प्रति हार्दिक आभार व्यक्त गर्दछ ।

नवीन खड्का र पुस्तका खड्कालाई सङ्खुवासभा प्रतिभा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ नेपाली लोकसङ्गीतका अन्वेषक तथा मौलिक लोकभाकाहरूका सङ्कलक तथा गायक नवीन खड्का र गायिका पुस्तका खड्कालाई संयुक्त रूपमा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । थुप्रै गीतिएल्बम र यु–ट्युबबाट पूर्वेली लोकभाका र अरुण उपत्यकाका लोकगीतका रूपमा उहाँहरूका गीतहरू सुन्न सकिनेछ । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लेखिका तथा समाजसेवी लीलादेवी श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

अनन्त कोइरालालाई रौतहट प्रतिभा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कार’ साहित्यकार अनन्त कोइरालालाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । सिन्धुली दुम्जामा २००६ सालमा जन्मेर चन्द्रनिगाहपुर रौतहटमा बसोवास गर्नुभएका उहाँका ‘विश्वेश्वर’ (महाकाव्य), ‘आस्थाका फूलहरू’ (कवितासङ्ग्रह), ‘घाउका खाटाहरू’ (उपन्यास), ‘वरपीपल’ (उपन्यास) जस्ता कृतिहरू प्रकाशित छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । रौतहट जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी राम–रेवती प्रतिष्ठानले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन साहित्यकार अनन्त कोइरालाप्रति हार्दिक आभार व्यक्त गर्दछ ।

श्याम तमोटलाई भोजपुर प्रतिभा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ गीतकार श्याम तमोटलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर टक्सारमा २०१० सालमा जन्मनुभएका उहाँ ‘गाउँगाउँबाट उठ’ गीतसङ्ग्रह र ‘महिला मुक्ति’ लगायतका एकाङ्कीहरूका स्रष्टा हुनुहुन्छ । ‘आऊ मिलाऊँ हाम्रा हातहरू’, ‘रक्तक्रान्तिको ज्वालामुखीमा’, ‘सुगन्धको पाउ’, ‘शान्तिको सन्देश’ आदिजस्ता गीतिएल्बम र ‘साना–साना खोलाखोली’ जस्ता सङ्ग्रहमा पनि उहाँका गीतहरू परेका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन गीतकार श्याम तमोटप्रति हार्दिक आभार व्यक्त गर्दछ ।