Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesश्याम तमोटलाई भोजपुर प्रतिभा पुरस्कार समर्पण गरिने

श्याम तमोटलाई भोजपुर प्रतिभा पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ गीतकार श्याम तमोटलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । भोजपुर टक्सारमा २०१० सालमा जन्मनुभएका उहाँ ‘गाउँगाउँबाट उठ’ गीतसङ्ग्रह र ‘महिला मुक्ति’ लगायतका एकाङ्कीहरूका स्रष्टा हुनुहुन्छ । ‘आऊ मिलाऊँ हाम्रा हातहरू’, ‘रक्तक्रान्तिको ज्वालामुखीमा’, ‘सुगन्धको पाउ’, ‘शान्तिको सन्देश’ आदिजस्ता गीतिएल्बम र ‘साना–साना खोलाखोली’ जस्ता सङ्ग्रहमा पनि उहाँका गीतहरू परेका छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको थियो । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन गीतकार श्याम तमोटप्रति हार्दिक आभार व्यक्त गर्दछ ।