Activities, Featured

महोत्तरी प्रतिभा पुरस्कार पनि समर्पण गरिने 

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको आर्थिक व्यवस्थापनमा शब्दयात्रा प्रकाशनले यही २०८० सालदेखि महोत्तरी जिल्लाका राष्ट्रिय प्रतिभालाई पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ रहनेछ । हरेक वर्ष समर्पण गर्ने गरी व्यवस्था गरिएको यस पुरस्कारमा २५ हजार रुपियाँ, शब्दयात्रा…

Activities

बगैंचा बनाउन सुरु 

शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा शब्दवाटिका नामको बगैंचा बनाउने काम सुरु गरेको छ । शब्दवाटिकालाई मनमोहक बनाउन समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले केही बिरुवाहरू रोप्नुभएको छ । शब्दवाटिका बनाउने जग्गा नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दयात्रा प्रकाशनलाई प्राप्त भएको हो ।

Activities

दरी किन्न ३५ हजार 

शब्दयात्रा प्रकाशनको कार्यालयमा ओछ्याउनका लागि दरी किन्न काठमाडौँ हाँडिगाउँ निवासी गीतकार, फोटोपत्रकार तथा समाजसेवी हरिगोपाल प्रधानले ३५ हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उक्त रकम शब्दयात्रा प्रकाशनका तर्फबाट जग्गादाता तथा निर्माण समितिका संयोजक कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन हरिगोपाल…

Activities, Featured

शब्दवाटिका बनाउने 

शब्दयात्रा प्रकाशनले पुस्तकालय भवनकै छेउमा स्रष्टा–सर्जकहरूका लागि सानो बगैँचा बनाउन लागेको छ । बगैँचाको नाउँ शब्दवाटिका राखिने भएको छ । बगैँचा बनाउने जग्गा नीलकण्ठेश्वर धाम संरक्षण समितिबाट शब्दयात्रा प्रकाशनलाई प्राप्त भएको हो । बगैँचा सुन्दर बनाउन जग्गाको वरिपरि पर्खाल लगाउनुपर्नेछ, प्रवेशद्वार र बस्ने ठाउँहरू बनाउनुपर्नेछ,…

Activities, Featured

केशव खुलालबाट दुई लाख रुपियाँको अक्षयकोष 

एक दिन बिहान १० बजेतिर केशव खुलाल (केशवबहादुर खुलाल छेत्री) ले मलाई फोन गर्नुभयो र भेट्न सकिने समय सोध्नुभयो । मैले ‘आज २ बजेपछि घरैमा हुन्छु’ भनेँ । नभन्दै २ बजेपछि उहाँ आउनुभयो । करिब २५ वर्षपछि उहाँ मेरो घरमा आउनुभएको थियो । खस जाति,…

Activities

बिरुवा हस्तान्तरण 

अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरका लागि विभिन्न जातका बिरुवाहरू हस्तान्तरण गर्नुभएको छ । ती बिरुवाहरू शब्दयात्रा प्रकाशनका जग्गादाता तथा आजीवन सदस्य कृष्णमणि कुइकेलले ग्रहण गर्नुभएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन सावित्री जङ्गम थापाप्रति हार्दिक आभार प्रकट…

Activities

ज्ञान उदासबाट पुस्तक–पत्रिका प्रदान 

अग्रज साहित्यकार ज्ञान उदासले आफ्ना पुस्तक ३ वटा, आफूले किनेका र उपहार पाएका पुस्तक ८५ वटा र साहित्यिक पत्रिका १४ वटा गरी जम्मा १ सय २ वटा पुस्तक–पत्रिका शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तक–पत्रिकाहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट हरिगोपाल प्रधानले ग्रहण…

Activities

खगप्रसाद नेपालबाट पुस्तक उपहार 

पूर्वप्रशासक तथा लेखक खगप्रसाद नेपालले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि ‘इतिहासको गर्भमा नरेन्द्रनाथ बाँस्तोला’ नामक पुस्तक उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट उक्त पुस्तक हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । उक्त पुस्तक ५ सय १२ पृष्ठको छ । पुस्तकमा नरेन्द्रनाथ बाँस्तोलाका विषयमा मातृकाप्रसाद कोइराला,…

Activities, Featured

अक्षयकोषमा एक लाख रुपियाँ थप 

शब्दयात्रा प्रकाशनले हरेक वर्ष प्रशासनिक महिला प्रतिभा सम्मान समर्पण गर्ने गरेको छ । त्यसका लागि पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठ भोजपुरेले एक लाख रुपियाँ शब्दयात्रा प्रकाशनको अक्षयकोषमा राखिदिनुभएको थियो । अहिले त्यही सम्मानको अक्षयकोषका लागि उहाँले थप एक लाख रुपियाँ उपलब्ध गराउनुभएको छ । बाबुकृष्ण…

Activities

शब्दयात्रालाई बिरुवा प्रदान 

शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम परिसरमा रोप्नका लागि लेखक तथा पूर्वप्रशासक जयनारायण नेपालले केही बिरुवाहरू उपलब्ध गराउनुभएको छ । बिरुवाहरू हलुवाबेद, इलामे अम्बक र एभोकाडोका छन् । शब्दयात्रा प्रकाशनका तर्फबाट ती बिरुवाहरू हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको छ । शब्दयात्रा प्रकाशन यस सहयोगका लागि जयनारायण नेपालप्रति हार्दिक…

Shabdayatra Prakashan @ 2022