Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesसिर्जना खनाललाई सिर्जना सम्मान समर्पण गरिने

सिर्जना खनाललाई सिर्जना सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान’ महाकाव्यकार सिर्जना खनाल (रूपन्देही) मा समर्पण गर्ने भएको छ । उहाँद्वारा लिखित महाकाव्य ‘युगपुरुष’ २०८० साल मङ्सिरमा प्रकाशन गरिएको थियो । संस्कृत वाङ्मयका उद्भट विद्वान् भामहले काव्यिक गुणहरूको चर्चा गर्दा राम्रो काव्यमा ‘श्लेषः प्रसादः समता माधुर्य सुकुमारता, अर्थव्यक्तिरुदारत्वमोजः कान्ति समाधयः’ हुनुपर्छ भनेका छन् । सिर्जना खनालले यी विशेषताहरूबाट महाकाव्यलाई यथासम्भव पूर्णता दिने प्रयास गर्नुभएको छ । चार सय पृष्ठको उक्त महाकाव्यमा आरडी प्रभास चटौतको मन्तव्य रहेको छ । यस सम्मानका लागि कवि कल्याण लम्सालले कोष व्यवस्थापन गर्नुभएको हो । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा महाकाव्यकार सिर्जना खनालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।