शब्दसाधक तीर्थमा जग्गादान सम्बन्धी शिला–अभिलेखपत्र राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले १२ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । शब्दयात्रा प्रकाशनको उन्नयनका लागि आफ्नो स्वामित्वको जग्गा संस्थालाई हस्तान्तरण गर्नुभएका समाजसेवी तथा आध्यात्मिक व्यक्तित्व कृष्णमणि कुइकेलको योगदान अरूका लागि प्रेरणा बनोस् तथा समाजसेवा गर्न खोज्नेहरूमा त्याग, समर्पण र निःस्वार्थ भावना विकसित र विस्तारित होस् भन्ने ध्येयले शिला–अभिलेखपत्र निर्माण गर्न उहाँले उक्त रकम सहयोग गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवार सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीप्रति हार्दिक आभार प्रकट गर्दछ ।