Activities

‘म को हुँ ?’ सार्वजनिक 

शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा ‘म को हुँ ? (अद्भुत आध्यात्मिक अनुभूति)’ नामक पुस्तकलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनको २२४ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशित यस पुस्तकका लेखक दीपरत्न शाक्य (प्रेम आनन्द) हुनुहुन्छ । पुस्तकलाई अग्रज लेखिकाद्वय सावित्री जङ्गम थापा र हिरण्यकुमारी पाठकले संयुक्त रूपमा…

Activities, Featured

सूर्यप्रसाद श्रेष्ठलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको राष्ट्रझङ्कार सम्मान ताप्लेजुङ जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा पूर्वप्रशासक तथा कूटनीतिज्ञ श्री सूर्यप्रसाद श्रेष्ठमा समर्पण गर्ने भएको छ । पूर्वअञ्चलाधीश, पूर्वसचिव, राष्ट्रिय योजना आयोगको पूर्वसहसदस्य, पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्वराजदूतका रूपमा प्रशासनिक र कूटनीतिक क्षेत्रबाट राष्ट्रका लागि विशिष्ट भूमिका निर्वाह गर्नुभएका…

Activities, Featured

२२५ मध्ये ५१ पुस्तक आध्यात्मिक क्षेत्रका 

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २२५ पुस्तकमध्ये ५१ पुस्तक आध्यात्मिक क्षेत्रका रहेछन् । ती हुन् — नीति र रीति, चिरन्तन चिन्तन, प्रार्थनावली, गीता–माली, आध्यात्मिक क्षितिजमा टहल्दा, हिन्दूधर्मका केही आयाम, सावित्री सुगीता, कपिलवस्तुमा भगवान्, नीतिशास्त्रका अमृतवचन, अपरोक्ष अनुभूति, सावित्री चरित्र, वन्दे नेपाल मातरम्, नेपाल माहात्म्य, सत्यनारायण व्रतकथा, जागनीबोध,…

Activities, Featured

प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई भाषासेवा सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको पद्मकला–भीमप्रसाद भाषासेवा सम्मान सिराहा जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा भाषावैज्ञानिक प्रा. डा. योगेन्द्रप्रसाद यादवमा समर्पण गर्ने भएको छ । भाषाविज्ञानसँग सँग सम्बन्धित उहाँका ‘इस्युज इन मैथिली सिन्टेक्स’, ‘लिङ्ग्विस्टिक्स अ बेसिक कोर्स’, ‘भाषाविज्ञान’, ‘थ्योरिज अफ ग्रामर’, ‘कन्टेम्पोररी इस्युज इन नेपालिज लिङ्ग्विस्टिक्स’ जस्ता कृतिहरू…

Activities, Featured

ध्रुव घिमिरेलाई बालसाहित्य सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान नुवाकोट जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा बालसाहित्यकार ध्रुव घिमिरेमा समर्पण गर्ने भएको छ । उहाँका ‘जीत कसको हुँदैछ ?’, ‘चमेराको चुच्चो किन बुच्चो ?’, ‘पेटमा भूत कसरी पस्यो ?’, ‘अनौठा–अनौठा प्राणी र वनस्पति’, ‘के ? किन ? कसरी ?’,…

Activities, Featured

शब्दयात्रा प्रकाशनबाट एकै दिन छवटा कार्यक्रम सम्पन्न 

गत शुक्रबार बनेपामा एकै दिन एकैपटक छवटा कार्यक्रम सम्पन्न गरिएका छन् । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धाम संरक्षण समितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ती दुवै संस्थाको सहकार्यमा बनेपामा संस्थापित १०८ शिवलिङ्गको समुद्घाटन शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री र नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष…

Activities, Featured

हरिःशरणम् आमामा आमसञ्चार सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान काठमाडौँ जिल्लामा जन्मनुभएकी राष्ट्रिय प्रतिभा रेडियोकर्मी लक्ष्मी भुसालमा समर्पण गर्ने भएको छ । उहाँलाई कृषि कार्यक्रमकी हरिःशरणम् आमा भनेर चिन्ने गरिन्छ । आमसञ्चार माध्यमको उपयोग गर्दै उहाँले रेडियो नेपालको कृषि कार्यक्रमबाट साढे पाँच दशक अघिदेखि नेपाली कृषकहरूलाई…

Activities, Featured

मुकुन्द शर्मा चालिसेलाई कविताकाव्य सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको वसन्त शर्मा कविताकाव्य सम्मान बागलुङ जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा कवि मुकुन्द शर्मा चालिसेमा समर्पण गर्ने भएको छ । उहाँका ‘मातृत्व यस्तो हुन्छ’ र ‘हिमबाला’ (दुईवटै खण्डकाव्य), ‘रामायण चम्पू’ र ‘महाभारत चम्पू’ (दुईवटै चम्पूकाव्य), ‘पावनपथ’, ‘अपराजिता’ र ‘विश्वरूप’ (तीनैवटा महाकाव्य), ‘शुक्लयजुर्वेद’, ‘सामवेद’…

Activities, Featured

डा. षडानन्द पौड्यालमा अनुसन्धान सम्मान समर्पण गरिने 

शब्दयात्रा प्रकाशनले २०८० सालको जयदेव अधिकारी अनुसन्धान सम्मान पर्वत जिल्लामा जन्मनुभएका राष्ट्रिय प्रतिभा डा. षडानन्द पौड्यालमा समर्पण गर्ने भएको छ । उहाँका धवलागिरिको नेपाली साहित्य, आधुनिक नेपाली कथामा सामाजिक सम्बन्ध, नेपाली आख्यानमा शरीर राजनीति, नेपाली आख्यानमा अमूर्त संस्कृति, नेपाली लोकविश्वास, प्रागैतिहासिक सम्पदा पार्वती जन्मभूमि जस्ता…

Activities

चयन समितिद्वारा चयन 

शब्दयात्रा प्रकाशनले गठन गरेको सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले आगामी चैत महिनामा सम्मान गरिने व्यक्तित्वहरूको चयन गरेको छ । बैठक आज फागुन २३ गते सम्पन्न भएको हो । समितिमा रामप्रसाद अधिकारी, देवीप्रसाद ढुङ्गाना र पूर्णबहादुर कर्माचार्य हुनुहुन्छ । बैठकमा हरि मञ्जुश्री, कृष्णमणि कुइकेल र सङ्गीता…

Shabdayatra Prakashan @ 2022