Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesशब्दयात्रा प्रकाशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

शब्दयात्रा प्रकाशनको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

शब्दयात्रा प्रकाशनको ११ औँ वार्षिक साधारण सभा २०८१ साल पुस १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, अनुमानित कार्यक्रम र आयव्यय विवरण पारित गर्नुका साथै आ. व. २०८१–८२ को लेखापरीक्षणका लागि दर्तावाला लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकेको छ । सभाले संस्थाबाट सञ्चालन गरिँदै आएका विभिन्न कार्यलाई निरन्तरता दिन, थप कार्यहरू सञ्चालन गर्न, आर्थिक रूपले संस्थालाई सक्षम बनाउन, सञ्चालक समितिले गर्दै आएका कार्यलाई सहयोग पु¥याउन र युवा सदस्यहरूको कार्यक्षमतामा वृद्धि गराई संस्थागत नेतृत्व गर्न सक्ने जनशक्ति विकास गर्न डा. भास्कर हुमागाईं, इ. रोशन मञ्जुश्री अधिकारी, कालिका त्रिपाठी पन्त, अमृत अधिकारी र वेदप्रसाद गौतम रहेको ५ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ ।