सहयोगका लागि आग्रह
शब्दयात्रा प्रकाशनले भाषा–साहित्य क्षेत्रको उन्नयनमा लागेबापत मृत्युवरण गरेका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी, लोकतान्त्रिक विचार प्रवाह गर्न पत्रिका प्रकाशन गरेका प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, गीत–सङ्गीत क्षेत्रको प्रवद्र्धनका लागि पहिलोपटक गीत रेकर्ड गरेकी गायिका मेलवादेवी गुरुङ र निजी क्षेत्रबाट पहिलोपटक संस्थागत विद्यालयको स्थापना गरेका शिक्षासेवी…
हार्दिक बधाई
शब्दयात्रा नारी स्रष्टा समाजका सदस्य पुण्यवती घले धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सदस्य पदमा चुनिनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं । शब्दयात्रा प्रकाशन अक्षरधाम, बनेपा — १०, काभ्रे
हार्दिक भावश्रद्धा !
२०७३ साल पुस २७ गते बुधबार ९४ वर्षको उमेरमा अग्रज पत्रकार मणिराज उपाध्यायको निधन भयो । उहाँप्रति हार्दिक भावश्रद्धा ! शब्दयात्रा प्रकाशन अक्षरधाम, बनेपा — १०, काभ्रे
सालिकका लागि सहयोग जुट्तै
शब्दयात्रा प्रकाशनले बनेपामा चारजना साधकहरूको सालिक स्थापना गर्न लागेको समाचारबाट हर्षित बनेर त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरू जुट्तै हुनुहुन्छ । त्यसैअन्तर्गत डा. पुष्पलाल हुमागाईं र लक्ष्मी हुमागाईंबाट ५ हजार १ सय रुपियाँ तथा डा. भास्कर हुमागाईं र रश्मि मञ्जुश्री अधिकारीबाट ५ हजार १ सय…
‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ आउँदै
शब्दयात्रा प्रकाशनको ७८ औँ प्रकाशनपुष्पका रूपमा ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ नामक पुस्तिका प्रकाशन हुने भएको छ । यो पुस्तिका ‘घटना र विचार साप्ताहिक’ का कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठीले लेख्नुभएको हो । ‘घटना र विचार साप्ताहिक’ मा छापिई इन्टरनेटबाट झन्डै २ लाख ७६ हजार पाठकले…
शब्दयात्राका पुस्तक नैमिषारण्यमा सार्वजनिक हुने
शब्दयात्रा प्रकाशनबाट प्रकाशित दुई पुस्तक र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिबाट प्रकाशित एक पुस्तक आगामी माघ महिनाको पहिलो साता सार्वजनिक हुने भएका छन् । तीनैवटा पुस्तक नैमिषारण्य क्षेत्रमा हुने विशेष समारोहमा सार्वजनिक गरिनेछन् । सार्वजनिक हुन लागेका पुस्तकमा शब्दयात्रा प्रकाशनको ७६ औँ प्रकाशनपुष्प ‘जागनीबोध’ र…
‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ छापिने
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ‘देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ’ प्रकाशन हुने भएको छ । देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले प्रकाशन गर्ने उक्त स्मृतिग्रन्थलाई आगामी फागुन ७ गते काठमाडौँमा विशेष समारोहको आयोजना गरी सार्वजनिक गरिने जानकारी प्रतिष्ठानका अध्यक्ष सुनील सापकोटाले गराउनुभएको छ । देवीप्रसाद सापकोटाको योगदानलाई जनसमक्ष…
नाम पठाइदिन अनुरोध
शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको फागुन महिनामा झैँ २०७३ सालको फागुन महिनामा पनि निम्नलिखित चार विधाका विशिष्ट व्यक्ति वा संस्थालाई सम्मान गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७३ माघ १५ गतेभित्र यस संस्थामा प्राप्त हुने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध छ…
‘नागा बाबा रमेश गिरि’ पुस्तक छापिँदै
शब्दयात्रा प्रकाशनको ७७ औँ प्रकाशनपुष्पका रूपमा ‘नागा बाबा रमेश गिरि’ नामक पुस्तक प्रकाशन हुने भएको छ । शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीको सम्पादनमा उक्त पुस्तक प्रकाशन हुन लागेको हो । पुस्तकमा काभ्रे जिल्लाको बनेपा बुडोलस्थित गोसाइँस्थानमा २०४२ सालमा आई त्यहीँ समाधिस्थ हुनुभएका प्रसिद्ध नागा…
शब्दयात्राले सिफारिस माग्यो
शब्दयात्रा प्रकाशनले आगामी फागुन महिनामा सम्मान गरिने शिक्षा, आमसञ्चार, सामाजिक जागरण र विज्ञान–प्रविधि गरी चार विधाका सम्मानयोग्य व्यक्ति अथवा संस्थाको नाउँ र योगदानको विवरण आगामी माघ १५ गतेभित्र शब्दयात्रा प्रकाशनमा प्राप्त हुने गरी उपलब्ध गराइदिन सबैमा अनुरोध गरेको छ । त्यसरी सिफारिस प्राप्त भएका व्यक्ति…