हरि मञ्जुश्रीको रचना र सङ्गीत तथा रश्मि हुमागाईंको स्वर रहेको ‘फूलहरू छन् लाखौँथरी तिमीलाई कुन चढाऊँ’ सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज कार्तिक १४ गते शनिबार आयोजित कार्यक्रममा शिक्षासेवी खड्गप्रसाद सापकोटाले यो गीत सार्वजनिक गर्नुभएको हो ।
गीतिभास्कर मच्छेश्वर सापकोटाको सुपरिवेक्षण, इ. रोशन मञ्जुश्री अधिकारीको चित्राङ्कन तथा सम्पादन र बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको यो गीत आजदेखि हरि मञ्जुश्री सङ या रश्मि हुमागाईं सङ टाइप गरी यु–ट्युबबाट सुन्न सकिन्छ ।


