Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesसङ्घर्षयात्रा सार्वजनिक

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व सञ्चालक समितिका ज्येष्ठ सदस्य आध्यात्मिक लेखक केदारनाथ तिमल्सिनाले गर्नुभएको थियो । प्रमुख अतिथि रामप्रसाद अधिकारी, सभापति केदारनाथ तिमल्सिना र उपन्यासकार आर. सी. भट्टराईले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको ‘सङ्घर्षयात्रा’ उपन्यासका बारेमा डा. अम्बुभवानी कार्की, सुभद्रा अधिकारी र गोपालप्रसाद बरालले टिप्पणी गर्नुभएको थियो भने डा. हेमराज काफ्ले र डा. इन्दुल केसीले विशिष्ट अतिथिका रूपबाट मन्तव्य व्यक्त गर्नुभएको थियो । कालिका त्रिपाठी पन्त र शिव बन्जाराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन नवराज तिमल्सिनाले गर्नुभएको थियो ।