शब्दयात्रा प्रकाशनको आयोजनामा ‘शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम’ अन्तर्गत आज २०८३ असार २० गते शनिबार साहित्यिक तथा आध्यात्मिक भ्रमण गरियो । त्यस क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका काभ्रेस्थलीमा अवस्थित शान्तिधाममा पुगियो । त्यहाँ आध्यात्मिक गान र कविताहरू प्रस्तुत गरियो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरू स्वामी चतुर्भुजाचार्यमा समर्पण गरियो । भ्रमणमा हरि मञ्जुश्री, कृष्णमणि कुइकेल, गीता अधिकारी, डा. इन्दुल केसी, अच्युत अधिकारी, पुण्यवती घले, अमृत अधिकारी, केदारनाथ तिमल्सिना, कालिका त्रिपाठी पन्त, रामप्रसाद घिनाङ्जू, नवराज लामिछाने, गीता कुइकेल, सङ्गीता केसी आदि सहभागी हुनुहुन्थ्यो ।


