Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesशब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको चौथो शृङ्खला सम्पन्न

शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको चौथो शृङ्खला सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी हिजो २०८२ फागुन २४ गते आइतबार शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको चौथो शृङ्खला सम्पन्न गरियो । शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिएको कार्यक्रमको समापन २ बजे गरिएको थियो । जग्गादाता तथा कार्यवाहक अध्यक्ष कृष्णमणि कुइकेलको सभापतित्वमा अमृत अधिकारीद्वारा सञ्चालित उक्त कार्यक्रममा एउटा राष्ट्रभक्ति गान र पाँचवटा पुस्तकलाई सार्वजनिक गरियो भने एकजनालाई सम्मान समर्पण गरियो । कार्यक्रमको छायाङ्कन तथा स्वराङ्कन इन्जिनियर तथा गायक रोशन मञ्जुश्री अधिकारीले र समुद्घाटन गायिका सरस्वती सापकोटाले गर्नुभएको थियो । कार्यक्रमका विषयमा संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले जानकारी गराउनुभएको उक्त कार्यक्रमको विसर्जन गीतिभास्कर मच्छेश्वर सापकोटाले गर्नुभएको थियो ।