Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesसरस्वती चिमौरियालाई सारस्वत सम्मान समर्पण

सरस्वती चिमौरियालाई सारस्वत सम्मान समर्पण

कवयित्री सरस्वती चिमौरियालाई ‘शब्दयात्रा विश्वनाथ अधिकारी सारस्वत सम्मान, २०८२’ समर्पण गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा हिजो फागुन २४ गते शनिबार शब्दयात्रा प्रकाशनले आफ्नै सभाकक्षमा आयोजना गरेको कार्यक्रममा उहाँलाई उक्त सम्मान समर्पण गरिएको हो । सम्मान समर्पणका क्रममा कृष्णमणि कुइकेलले रुद्राक्षमाला र उपहार, कालिका त्रिपाठी पन्तले पछ्यौरा तथा हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । कवयित्री शकुन्तला मञ्जरीको कोष व्यवस्थापनमा यस सम्मानको व्यवस्था गरिएको हो । सम्मान ग्रहण गरेपछि कवयित्री सरस्वती चिमौरियाले कोष व्यवस्थापक शकुन्तला मञ्जरी र सम्मान व्यवस्थापक शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गर्दै यस सम्मानले साहित्य क्षेत्रमा अझ अघि बढ्ने हौसला जागेको बताउनुभएको थियो ।