Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesपाँच कृति सार्वजनिक

पाँच कृति सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पाँच कृति सार्वजनिक गरिएका छन् । प्रकाश श्रेष्ठद्वारा लिखित गद्यकवितासङ्ग्रह ‘यस्तो मोडमा’ लाई लेखक तथा पूर्वप्रशासक चन्द्रबहादुर खड्का र शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । प्रकाश उज्ज्वल बनेपाद्वारा लिखित ‘नेवाः सभ्यताका केही संस्कार–संस्कृति’ लाई पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसी र सञ्चारकर्मी शिव बन्जाराले तथा दामोदर घिमिरेद्वारा लिखित ‘नीलकण्ठेश्वर धाम र कृष्णमणि कुइकेल’ लाई साहित्यकारद्वय लीलादेवी श्रेष्ठ र अच्युत अधिकारीले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । तीनैवटा कृति पहिलो संस्करणका रूपमा प्रकाशन गरिएका हुन् ।
यसै गरी बलदेव थापाद्वारा लिखित ‘‘बा’ को वाम’ (ऐतिहासिक परिचय) लाई लेखकका छोरा उद्धव थापा र बहिनी गायत्री थापाले तथा ‘कुराको सास्ती’ (व्यङ्ग्यकवितासङ्ग्रह) लाई लेखककी छोरी उषा थापा र कवि मुरहरि रायमाझी ‘हरि’ ले संयुक्त रूपमा सार्वजनिक गर्नुभयो । दुवै पुस्तक दोस्रो संस्करणका रूपमा प्रकाशन गरिएका हुन् ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा फागुन २४ गते आयोजित सार्वजनिकीकरण कार्यक्रममा कृतिकारहरूले आआफ्ना कृतिका बारेमा जानकारी गराउनुभएको थियो । सार्वजनिक गरिएका कृतिहरूमध्ये ‘यस्तो मोडमा’ र ‘नेवाः सभ्यताका केही संस्कार–संस्कृति’ को पूरै पाठ संस्थाको वेबसाइटमा कृतिकारको नाम टाइप गरेर पढ्न सकिने व्यवस्था पनि गरिएको छ ।
यी पुस्तकहरूसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या २७० पुगेको छ । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित सम्पूर्ण पुस्तकहरूको विशेषताका बारेमा संस्थाको वेबसाइटबाट थाहा पाउन सकिन्छ ।