Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesडा. प्रकाशराज रेग्मीलाई क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार समर्पण गरिने

डा. प्रकाशराज रेग्मीलाई क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार समर्पण गरिने

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी (ललितपुर) लाई २०८२ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा दश हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि प्राणीशास्त्री तथा साहित्यकार प्रा. डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसेले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।