मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी (ललितपुर) लाई २०८२ सालको ‘शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने भएको छ । पुरस्कारमा दश हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला समर्पण गरिनेछ । यस पुरस्कारका लागि प्राणीशास्त्री तथा साहित्यकार प्रा. डा. मुकेशकुमार चालिसे र जनककुमारी चालिसेले कोषको व्यवस्था गर्नुभएको हो । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ ।