मार्टिन चौतारीको आयोजनामा २०८२ मङ्सिर २१ गते ‘संस्था निर्माणको पृथक् अभ्यास शब्दयात्रा प्रकाशनको डेढ दशक’ विषयमा प्रवचन तथा अन्तर्संवाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, लोकेन्द्र ढकाल, डा. इन्दुल केसी र शङ्करप्रसाद मानन्धर सहभागी हुनुहुन्थ्यो । संस्थापक अध्यक्षका रूपबाट हरि मञ्जुश्रीले त्यस कार्यक्रममा शब्दयात्रा प्रकाशनका विषयमा ४५ मिनेटसम्म बोल्नुभयो । त्यसपछि प्रश्नोत्तर गरिएको थियो । सहभागीहरूले शब्दयात्रा प्रकाशनप्रति धेरै रुचि देखाउनुभएको थियो । कार्यक्रमको सहजीकरण देवराज हुमागाईंले गर्नुभएको थियो ।