शब्दयात्रा प्रकाशनले सबिना योन्जनलाई २०८२ सालको ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । सिन्धुली जिल्लामा घर भएकी सबिना योन्जन हाल बनेपा नालाको शुभचामुण्डा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्नी धर्मपत्नी साहित्यकार तथा शिक्षासेवी माधवी अधिकारीको स्मृतिमा लेखक, वैज्ञानिक तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक रजिस्ट्रार डा. सीताराम अधिकारी (काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।