Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesरोजिना बमजनलाई विकलाङ्ग छात्रवृत्ति समर्पण गरिने

रोजिना बमजनलाई विकलाङ्ग छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले मकवानपुर जिल्लाको गढी गाउँपालिका वडा नं. १ मा घर भएकी रोजिना बमजनलाई २०८२ सालको ‘शब्दयात्रा भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । रोजिना बमजन बनेपाको काभ्रे बहिरा विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्ना मातापिता भूपलक्ष्मी श्रेष्ठ र मुक्तिबहादुर श्रेष्ठको स्मृति र सम्मानमा लेखक तथा सहप्राध्यापक डा. रूपनारायण श्रेष्ठ (दिङ्ला भोजपुर, हाल शङ्खमूल काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।