Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesप्रभा अधिकारीलाई पत्रकारिता छात्रवृत्ति समर्पण गरिने

प्रभा अधिकारीलाई पत्रकारिता छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले प्रभा अधिकारीलाई २०८२ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ समर्पण गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका निवासी प्रभा अधिकारी बनेपाको काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारितातर्फ स्नातक चौथो वर्षमा अध्ययनरत हुनुहुन्छ । उहाँलाई छात्रवृत्तिको रकम र प्रमाणपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । यस छात्रवृत्तिको कोष व्यवस्थापन आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृति र सम्मानमा लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ (देउराली भोजपुर, हाल पेप्सिकोला काठमाडौँ) ले गर्नुभएको हो । यो छात्रवृत्ति हरेक वर्ष समर्पण गर्ने गरिन्छ ।