शब्दयात्रा प्रकाशनले लेखक प्रकाश उज्ज्वल ‘बनेपा’ (काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा प्रभातमान–झर्ना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । उहाँको लेखनको विषयवस्तु ‘नेवाः सभ्यताको परिचय’ रहेको छ । हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । यो विद्वतवृत्ति पहिलोपटक समर्पण गर्न लागिएको हो । यस विद्वतवृत्तिका लागि आफ्ना छोराबुहारीको नाउँमा साहित्यकार लोकमान मास्केले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।
प्रकाश उज्ज्वल बनेपालाई नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने