Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठजना राष्ट्रिय व्यक्तित्वमा २०८३ सालको पहिलो चरण अन्तर्गतको सम्मान समर्पण गरेको छ । प्रा. डा. प्रेमनारायण अर्यालमा ‘शब्दयात्रा होम–तोत्र शिक्षा...
HomeActivities‘ॐ हरिहरि’ नेपाली भजन सार्वजनिक

‘ॐ हरिहरि’ नेपाली भजन सार्वजनिक

शब्दयात्रा प्रकाशनले बनेपामा हिजो आयोजना गरेको कार्यक्रममा ‘ॐ हरिहरि’ नामक नेपाली साङ्गीतिक भजन सार्वजनिक गरिएको छ । काठमाडौँ विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा. डा. भोला थापाले प्रमुख अतिथिका रूपबाट यसलाई सार्वजनिक गर्नुभएको हो । सकुल थापाको शब्द र हरि मञ्जुश्रीको सङ्गीत रहेको यस भजनमा रश्मि हुमागाई र इ. रोशन अधिकारीको स्वर रहेको छ । भजनको साङ्गीतिक सुपरिवेक्षण गीतिभास्कर मच्छेश्वर सापकोटाले, बाद्यसंयोजन र ध्वनिमिश्रण बालकृष्ण सेवाचार्यले र सम्पादन इ. रोशन अधिकारीले गर्नुभएको हो । यो भजन शब्दयात्रा प्रकाशनको बीसौँ साङ्गीतिक उपहार हो ।