आध्यात्मिक साधक, समाजसेवी तथा लेखक सकुल थापाले लेख्नुभएको भजन ‘ॐ हरिहरि’ शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो २०८२ असोज ११ गते आयोजित कार्यक्रममा सार्वजनिक गरियो । भजनलाई भजनकार सकुल थापाले नै सार्वजनिक गर्नुभएको थियो । भजनको म्युजिक भिडियो असोज २७ गते आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिनेछ । यस भजनका सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ । यसमा रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीको स्वर रहेको छ । मच्छेश्वर सापकोटाको सुपरिवेक्षणमा तयार भई शब्दयात्रा प्रकाशनले प्रस्तुत गरेको यस भजनको बाद्यसंयोजन र ध्वनिमिश्रण बालकृष्ण सेवाचार्यले गर्नुभएको हो । सकुल थापाद्वारा लिखित यो दोस्रो भजन हो भने हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध र शब्दयात्रा प्रकाशनद्वारा उत्पादित यो २० औँ साङ्गीतिक उपहार हो ।