शब्दयात्रा प्रकाशनले फोटो पत्रकार सागर श्रेष्ठ (सिन्धुपाल्चोक) लाई २०८२ सालको ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’ समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन आफ्नी आमा रत्नदेवी प्रधानको स्मृतिमा अग्रज फोटो पत्रकार हरिगोपाल प्रधानले गर्नुभएको हो ।