Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesमोतीजयन्तीका अवसरमा शब्दयात्रा प्रकाशनमा कवितागोष्ठी

मोतीजयन्तीका अवसरमा शब्दयात्रा प्रकाशनमा कवितागोष्ठी

शब्दयात्रा प्रकाशनले १६० औँ मोतीजयन्तीको अवसर पारी हिजो भदौ ७ गते शनिबार कवितागोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा शारदाप्रसाद शर्मा, डा. इन्दुल केसी, डा. छत्रपति दाहाल, सरस्वती चिमौरिया, ढुण्डिराज पोखरेल, नवराज दाहाल ‘उत्साही’, भवानी पाण्डे, मुरहरि रायमाझी, कालिका त्रिपाठी पन्त, केदारनाथ तिमल्सिना, कृष्णमणि कुइकेल, शारदा पौडेल, श्रीकृष्ण पाण्डे, राधिका घिमिरे, बलराम बजगाईं, कृष्णमणि कुइकेल र दीपेन्द्र यादवले कवितावाचन गर्नुभएको थियो । गीतिभास्कर मच्छेश्वर सापकोटाले अतिथिका रूपबाट कार्यक्रमको समीक्षासहित सभाविसर्जन गर्नुभएको उक्त कार्यक्रमको समुद्घाटन ढुण्डिराज पोखरेलले र स्वागत भाषण कृष्णमणि कुइकेलले गर्नुभएको थियो । कार्यक्रमका संयोजक कालिका त्रिपाठी पन्तले सञ्चालन गर्नुभएको उक्त गोष्ठीको सभापतित्व संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।