Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesजन्मजयन्तीमा पुस्तक सार्वजनिक र आभारपत्र समर्पण

जन्मजयन्तीमा पुस्तक सार्वजनिक र आभारपत्र समर्पण

शब्दयात्रा प्रकाशनको आयोजनामा हिजो २०८२ वैशाख २९ गते सोमबार सन्त ज्ञानदिलदासको जन्मजयन्ती एवम् सन्त भक्तिदिलद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘भक्तिसुधा’ पुस्तक सार्वजनिकीकरण र गायक–गायिकामा आभारपत्र समर्पण कार्यक्रमको आयोजना गरियो । स्वामी कल्याणमित्रको प्रमुख आतिथ्य, साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्साल, त्रिचन्द्र क्याम्पस नेपाली शिक्षण विभागका प्रमुख उषा अधिकारी, कवि तथा पूर्वप्रशासक हरि कोर्काली र साहित्यिक पत्रकार ब्रह्मप्रिय प्रेमस्वरूपको आतिथ्य, संस्थाका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र आजीवन सदस्य कृष्णमणि कुइकेलको सञ्चालनमा हिजोको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समुद्घाटन ब्रह्मप्रिय प्रेमस्वरूपले गर्नुभएको उक्त कार्यक्रमको समापन अतिथि उषा अधिकारीले र सबै अतिथिहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण कवि पदम दाहालले गर्नुभएको थियो ।