Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesडा. राजेन्द्र ज्ञवालीलाई विज्ञान–प्रविधि सम्मान समर्पण गरिने

डा. राजेन्द्र ज्ञवालीलाई विज्ञान–प्रविधि सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान’ वैज्ञानिक प्रा. डा. राजेन्द्र ज्ञवाली (कपिलवस्तु) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले नेपालमा पाइने जडिबुटीहरूको वैज्ञानिक परीक्षण गरी अर्बुद रोग (क्यान्सर) का कोशिकाहरू नष्ट गर्ने जडिबुटीजन्य वनस्पतिहरूको पहिचान गरेर नेपालको विज्ञान–प्रविधि विधामा हुने अनुसन्धानका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ । उहाँजस्ता सक्रिय वैज्ञानिक तथा अनुसन्धातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन रामकृष्ण स्मृति प्रतिष्ठानका तर्फबाट निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. राजेन्द्र ज्ञवालीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।