Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकमला पुस्तकालयलाई शब्दयात्रा प्रकाशनबाट पुस्तक सहयोग

कमला पुस्तकालयलाई शब्दयात्रा प्रकाशनबाट पुस्तक सहयोग

शब्दयात्रा प्रकाशनले सिन्धुली जिल्लाको कमला सामुदायिक पुस्तकालयलाई एक दर्जन पुस्तक सहयोगस्वरूप प्रदान गरेको छ । ती पुस्तकहरू पुस्तकालयका तर्फबाट कमलामाई नगरपालिकाका पूर्वनगरप्रमुख खड्गबहादुर खत्रीले ग्रहण गर्नुभएको छ । पुस्तकालयलाई उपलब्ध गराएका पुस्तकहरू हरि मञ्जुश्रीद्वारा सम्पादित ‘शब्दचित्रमा मोहन दुवाल’ र ‘नेपालपथ’, श्याम अधिकारीको ‘झापाली आमा’ र ‘आर्यजातिको आदिम वैदिक सामाजिक प्रणाली’, वेदकुमारी न्यौपानेको ‘कुल्चिएका फूलहरू’, डा. गोपाल पौड्याल मन्डनेको ‘अमरज्योति’, टीकादत्त बरालको ‘महाकवि देवकोटाका काव्यको अध्ययन’, डा. शालिग्राम शर्माको ‘अहर्निश उकालो’, ‘देहात तापेर आयुर्वेद’ र ‘पहिलो अस्पताल’, श्रीधर प्याकुरेलको ‘पञ्चतन्त्र’ तथा माधवप्रसाद चापागाईंको ‘नजोडिएको सम्बन्ध’ रहेका छन् ।