Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचारवटा पुस्तक सार्वजनिक

चारवटा पुस्तक सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित चारवटा पुस्तकलाई यही चैत २३ गते शनिबार आफ्नै सभाकक्षमा आयोजित कार्यक्रममा सार्वजनिक गरियो ।
कार्यक्रममा लक्ष्मणसुन्दर सैँजूको कथासङ्ग्रह ‘दस पैसा’ लाई सावित्री जङ्गम थापा र नरनाथ लुइटेलले एवम् द्रोणप्रसाद श्रेष्ठको सम्पादकीय, भूमिका र मन्तव्यको सङ्ग्रह ‘सम्पादक्यौली’ लाई कृतिकार द्रोणप्रसाद श्रेष्ठ र पत्रकार बलदेव थापाले सार्वजनिक गर्नुभएको थियो ।
यसै गरी अजयकुमार पोखरेलद्वारा लिखित आत्मसंस्मरण ‘ग्वालटारदेखि बानेश्वरसम्म’ डा. फणिराज पाठक र डा. छत्रपति दाहालबाट एवम् समीर आचार्यद्वारा लिखित ‘शब्दचित्रमा सावित्री जङ्गम थापा’ रामशरण न्यौपाने र डिल्लीप्रसाद मूलतिहुनबाट सार्वजनिक गरिएको थियो ।
सार्वजनिक गरिएका चारैवटा पुस्तकका विषयमा डा. इन्दुल केसीले सङ्क्षिप्त चिनारी गराउनुभएको थियो । यी चार पुस्तकसमेत शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तकहरूको सङ्ख्या २४८ पुगेको छ ।
कार्यक्रम दिउँसो १२ः३० बजे शुरु भएर २ः३० बजे समापन गरिएको थियो ।