Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesकन्हैया नासननीलाई बालसाहित्य सम्मान समर्पण गरिने

कन्हैया नासननीलाई बालसाहित्य सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान’ बालसाहित्यकार कन्हैया नासननी (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । विविध साहित्यिक सिर्जना गर्दागर्दै पनि अढाइ दशकसम्म नेपाली बालसाहित्यका क्षेत्रमा सक्रिय रही बालबालिकाहरूका लागि उपयोगी हुने जीवनी, कथा र वैज्ञानिक तथ्यहरू पुस्तकका रूपमा प्रस्तुत गरेर उहाँले विशिष्ट योगदान गर्नुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन बालसाहित्यकार गोपाल पराजुली (काभ्रेपलाञ्चोक) ले गर्नुभएको थियो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा कन्हैया नासननीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।