शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान’ बालसाहित्यकार कन्हैया नासननी (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । विविध साहित्यिक सिर्जना गर्दागर्दै पनि अढाइ दशकसम्म नेपाली बालसाहित्यका क्षेत्रमा सक्रिय रही बालबालिकाहरूका लागि उपयोगी हुने जीवनी, कथा र वैज्ञानिक तथ्यहरू पुस्तकका रूपमा प्रस्तुत गरेर उहाँले विशिष्ट योगदान गर्नुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन बालसाहित्यकार गोपाल पराजुली (काभ्रेपलाञ्चोक) ले