Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesदिनेश चौधरीलाई कर्मशीलता पुरस्कार समर्पण गरिने

दिनेश चौधरीलाई कर्मशीलता पुरस्कार समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरीलाई समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । महोत्तरी जिल्लाको जलेश्वरमा जन्मनुभएका उहाँ घर बनाउने फलामे छडमा लाग्ने खिया र बालुवा, सिमेन्ट, गिट्टी जस्ता निर्माण सामग्रीको गुणस्तरका विषयमा सचेतना जगाउने कार्यमा तीन दशक अघिदेखि संलग्न हुनुहुन्छ । आफूले सरकारबाट पाउने गरेको निवृत्तभरण पनि उहाँले यस्तै सामाजिक कार्यमा लगाउनुभएको छ । इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा उहाँका लेखहरू र पुस्तकहरू प्रकाशित छन् । त्यस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ । पुरस्कार यही माघ महिनामा समर्पण गरिनेछ । राष्ट्रविकासमा कर्मठ र इमानदार योगदान गर्ने व्यक्तिलाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वप्रशासक तथा पूर्वराजदूत सूर्यप्रसाद श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । पुरस्कार ग्रहण गर्न स्वीकृति दिनुभएकोमा शब्दयात्रा प्रकाशन इन्जिनियर तथा अधिवक्ता दिनेश चौधरीप्रति हार्दिक आभार व्यक्त गर्दछ ।