Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivitiesराधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति रश्मि हुमागाईलाई

राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति रश्मि हुमागाईलाई

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति’ रश्मि हुमागाईलाई प्रदान गर्ने भएको छ । उहाँले विभिन्न विधामा सक्रिय रही योगदान गरेका काभ्रेपलान्चोक जिल्लाका प्रतिभाहरूको जीवनी अङ्ग्रेजी भाषामा तयार पार्नुहुनेछ र त्यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशन गरिनेछ । शब्दयात्रा प्रकाशनद्वारा प्रदीप केसी बन्जाराको संयोजकत्वमा गठित कालिका त्रिपाठी पन्त र सहदीप पलान्चोके सदस्य रहेको चयन समितिको निर्णयका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । आफ्नी दिदी राधा विष्ट केसी र भिनाजु प्रह्लाद केसी (दुवै दिवङ्गत) को स्मृति र सम्मानमा काभ्रेपलान्चोकको बनेपामा घर भई हाल अमेरिकाको न्युयोर्कमा बसोवास गर्नुभएका विदुर विष्टले शब्दयात्रा प्रकाशनमा खडा गर्नुभएको अक्षयकोषको ब्याजबाट यो विद्वतवृत्ति हरेक वर्ष शब्दयात्रा प्रकाशनले प्रदान गर्ने गरेको छ । विद्वतवृत्ति प्राप्त गर्न लाग्न्ुभएकोमा रश्मि हुमागाईप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।