Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesशब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई

शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई

शब्दयात्रा प्रकाशनले हरेक वर्ष १३ जना विद्यार्थीलाई नियमित रूपमा छात्रवृत्ति समर्पण गर्ने गरेको छ । त्यसमध्ये एउटा छात्रवृत्ति ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ पनि हो । काभ्रेपलान्चोक जिल्लामा महिला पत्रकारको सङ्ख्या बढोस् भन्ने उद्देश्यले यसै जिल्लामा पत्रकारिता विषय पढ्ने यसै जिल्लाका गरिब तथा जेहेन्दार छात्रामध्ये एउटी छात्राका लागि शब्दयात्रा प्रकाशनले यस छात्रवृत्तिको व्यवस्था गरेको हो । यस वर्ष २०८१ सालमा यो छात्रवृत्ति काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह चौथो वर्षमा अध्ययनरत छात्रा अनिशा खत्रीलाई समर्पण गरिने भएको छ । काभ्रे बहुमुखी क्याम्पसको सिफारिसका आधारमा उहाँलाई यो छात्रवृत्ति प्रदान गर्न लागिएको हो । छात्रवृत्तिको रकम र प्रमाणपत्र यही मङ्सिर महिनामा समर्पण गरिनेछ । यसअघि यो छात्रवृत्ति पाँचवटी छात्रा (रन्जिता उप्रेती, सुजाता तिमल्सिना, रोमिला लुम्बा थापा, सुम्निमा मगर र विपासना शाक्य) ले पाइसकेका छन् । यस छात्रवृत्तिका लागि भोजपुरको देउरालीमा जन्मेर हाल पेप्सिकोला काठमाडौँमा बसोवास गरिरहनुभएका लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले आफ्नी अर्धाङ्गिनी मनका श्रेष्ठको स्मृति र सम्मानस्वरूप शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गरिदिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्न लाग्नुभएकोमा अनिशा खत्रीलाई शब्दयात्रा प्रकाशन अग्रिम बधाई ज्ञापन गर्दछ ।