शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ नीरकला शर्मा अधिकारी (चितवन) लाई समर्पण गर्ने भएको छ । आफूले आर्जन गरेको सबै सम्पत्ति समर्पण गरेर दुई दशकअघि चितवनमा ‘असहाय बृद्ध कल्याण समाज’ खोल्नुभएकी उहाँले शारीरिक रूपमा अशक्त भएर पनि र आफैँ ९१ वर्षकी बृद्धा भएर पनि १३ जना बृद्धबृद्धाको पालनपोषण र सेवा गरिरहनुभएको छ र समाजसेवाका क्षेत्रमा अरूका लागि प्रेरणा बन्नुभएको छ । उहाँलाई आगामी असोज महिनामा सम्मान समर्पण गरिनेछ । यस सम्मानको आर्थिक व्यवस्थापन समाजसेवी बेलप्रसाद श्रेष्ठले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा नीरकला शर्मा अधिकारीप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।