Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesहरि मञ्जुश्री पुरस्कृत

हरि मञ्जुश्री पुरस्कृत

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई हिजो साउन ३२ गते कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले २५ हजार रुपियाँ, ताम्रपत्र, दोसल्ला र रुद्राक्षमालासहित जीवनचन्द्र कोइराला स्रष्टा पुरस्कार २०८१ प्रदान गरेको छ । स्वतन्त्र लेखन, अनुसन्धान, सम्पादन तथा प्रकाशनका अतिरिक्त शब्दयात्रा प्रकाशनजस्तो संस्था सञ्चालनका साथै विभिन्न साधक प्रतिभालाई अनेकौँ प्रकारका सम्मान तथा पुरस्कार प्रदान गर्ने महनीय काम गर्न एक पैसा पनि सरकारी अनुदान, दानदातव्य नलिईकन समाजका मनस्वीका दानदातव्यका भरमा राज्यले सञ्चालन गरेका यस प्रकारका सङ्घसंस्थाभन्दा पनि बढी नियमित र मर्यादाबद्ध गराएर सञ्चालन गर्ने उच्चतम कलात्मक क्षमता प्रदर्शन गरी तेत्तीसवटा मौलिक कृतिसहित एक सय सैँतीस कृति प्रकाशन गर्ने आभ्यन्तरिक क्षमताको उच्च मूल्याङ्कन गर्दै पुरस्कार अर्पण गरिएको कुरा ताम्रपत्रमा उल्लेख छ । त्यस प्रतिष्ठानले यो पुरस्कार पहिलोपटक प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि माननीय उपप्रधानमन्त्री प्रकाशमान सिंह, विशिष्ट अतिथि डा. सुरेशराज शर्मा र सभापति डा. कुलप्रसाद कोइराला हुनुहुन्थ्यो ।