Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesपुरस्कार समर्पण छजनालाई

पुरस्कार समर्पण छजनालाई

शब्दयात्रा प्रकाशनले आज राष्ट्रका छजना व्यक्तित्वलाई पुरस्कार समर्पण गरेको छ । मानवशास्त्री तथा समाजशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीलाई शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, महाकाव्यकार सोमराज अभयलाई शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार र लेखक तिलक प्रकाशलाई शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार समर्पण गरियो । यसै गरी योगप्रशिक्षक डा. चिन्तामणि गौतमलाई शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार, सांस्कृतिक अभियन्ता विश्व उलकलाई शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार र सङ्घर्षशील व्यक्तित्व सुशीला ढकाललाई शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार समर्पण गरियो । अग्रज समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाको प्रमुख आतिथ्यमा सम्पन्न आजको कार्यक्रमको सभापतित्व प्रा. केदारनाथ श्रेष्ठले गर्नुभएको थियो ।