Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesमाधव काफ्ले, विश्वम्भर लामिछाने, विमला अधिकारी देवकोटा र कल्पना भट्ट पुरस्कृत

माधव काफ्ले, विश्वम्भर लामिछाने, विमला अधिकारी देवकोटा र कल्पना भट्ट पुरस्कृत

यही २०७९ साल असोज ८ गते शनिबार शब्दयात्रा प्रकाशनले चारवटा पुरस्कार समर्पण गरेको छ । कार्यक्रममा डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कारबाट माधव काफ्ले (चन्द्रनिगाहपुर, रौतहट), जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कारबाट विश्वम्भर लामिछाने (कमलामाई, सिन्धुली), रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट ‘मनकली’ उपन्यासका लागि विमला अधिकारी देवकोटा (भरतपुर, चितवन) र हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कारबाट दृष्टि फाउन्डेसन नेपालकी सञ्चालिका कल्पना भट्ट (धनगढी, कैलाली) लाई पुरस्कृत गरियो । पुरस्कृत व्यक्तित्वहरूलाई प्रमुख अतिथि डा. सुरेशराज शर्माले अभिवन्दनापत्र, संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, आजीवन सदस्य केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला, चयन समितिका सदस्य अञ्जनि कोइरालाले पुष्पमाला, पुरस्कार संस्थापकका तर्फबाट डा. शालिग्राम शर्मा, मनिका शर्मा कोइराला, माधवप्रसाद आचार्य र इ. रोशन अधिकारीले रकम तथा मुकुन्दप्रसाद उपाध्याय, चन्द्रबहादुर खड्का, दण्डपाणि अधिकारी र मच्छेश्वर सापकोटाले उपहार समर्पण गर्नुभयो । डा. शालिग्राम शर्मा रौतहट प्रतिभा पुरस्कारको भेटी २५ हजार रुपियाँ र जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार, रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार र हरि मञ्जुश्री दूरदृष्टि नेतृत्व पुरस्कारको भेटी १५–१५ हजार रुपियाँ रहेको छ ।