Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesविमला अधिकारी देवकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार

विमला अधिकारी देवकोटालाई रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार

शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गर्ने गरी साहित्यकार अमर त्यागीबाट स्थापना गरिएको ‘रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ २०७९ सालका लागि ‘मनकली’ उपन्यासकी लेखिका चितवनकी विमला अधिकारी देवकोटालाई प्रदान गरिने भएको छ । विमला अधिकारी देवकोटाले ‘मनकली’ उपन्यासमा नेपाली मनोसामाजिक चित्रण र नारी जातिको अन्तर्व्यथा मर्मस्पर्शी शैलीमा प्रस्तुत गर्नुभएको कुरा उहाँका लागि गरिएको सिफारिसपत्रमा उल्लेख छ । यस पुरस्कारका लागि योग्य व्यक्तिको नाउँ सिफारिस गर्न शब्दयात्रा प्रकाशनले सार्वजनिक आह्वान गरेपछि उहाँको नाउँ गीता अधिकारीले सिफारिस गर्नुभएको थियो । नेपाली साहित्यिक क्षेत्रमा नयाँ सर्जकका रूपमा उदाएका प्रतिभाशाली व्यक्तिलाई प्रदान गरिने यो पुरस्कारका लागि विभिन्न सिफारिसहरू प्राप्त भएका थिए । तीमध्येबाट ‘मनकली’ उपन्यासका लागि विमला अधिकारी देवकोटाको नाउँ चयन गरिएको हो । पुरस्कृत व्यक्तिको चयन गर्न शब्दयात्रा प्रकाशनले गठन गरेको चयन समितिमा दामोदर घिमिरे संयोजक तथा रश्मि अधिकारी हुमागाईं र अञ्जनि कोइराला सदस्य हुनुहुन्छ । पुरस्कारमा १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला प्रदान गरिन्छ ।