Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
Homepublications१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)

१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)

१६१. शब्दचित्रमा हामी (कवितासङ्ग्रह)

शब्दयात्रा प्रकाशनको पहिलो सम्पर्क केन्द्र भक्तपुर जिल्लामा खुलेको छ । त्यस केन्द्रले पुस्तक प्रकाशनमा पनि हात हालेको छ । सम्पर्क केन्द्रबाट पुस्तक प्रकाशन गर्न लागिएको यो पहिलोपटक हो । त्यसैले यो अत्यन्त खुसीको कुरा हो, सम्पर्क केन्द्रका मित्रहरूको जागरुकताको उदाहरण हो र अन्य जिल्लाका सम्पर्क केन्द्रहरूका लागि प्रेरणा पनि हो । त्यसकेन्द्रबाट प्रकाशित ‘शब्दचित्रमा हामी’ नेपाली कविता विधाले प्राप्त गरेको राम्रो उपलब्धि हो । एउटा कृतिका लागि त्यसभित्रका सबै कृतिकारबाट अर्थसङ्कलन गरेर पुस्तक प्रकाशन गर्ने काममा ‘नयाँ युगका कविता’ नामक कवितासङ्ग्रहको इतिहास रहेको र एउटै विषयमा फरक–फरक कविका दृष्टिकोण समेटेर पुस्तक सम्पादन गर्ने काममा ‘कवितामा काठमाडौँ’ नामक कवितासङ्ग्रहको इतिहास रहेको परिप्रेक्ष्यमा ‘शब्दचित्रमा हामी’ कवितासङ्ग्रहले उल्लिखित दुवै कृतिको इतिहास समेट्तै र जोगाउँदै आफ्नो छुट्टै नयाँ इतिहास पनि निर्माण गरेको छ ।