Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
Homepublicationsकवितामा सविता (कवितासङ्ग्रह)

कवितामा सविता (कवितासङ्ग्रह)

कवितामा सविता (कवितासङ्ग्रह)

‘कवितामा सविता’ कवयित्री सविता शर्माका छोटा कविताहरूको सङ्ग्रह हो । गद्यकवितामा लयात्मकता दिइएका, सकेसम्म अन्त्यानुप्रास मिलाउने प्रयास गरिएका, छोटा–छोटा हरफका, भाषिक सरलता रहेका, बुझ्न कठिनाइ नपर्ने, अधिकांशतया व्यङ्ग्यलाई प्रधानता दिइएका ६५ वटा कविता यसमा सङ्गृहीत छन् । कुनै पनि कवितामा शीर्षक दिइएको छैन, सङ्ख्याले मात्रै सङ्केत गरिएको छ । ‘यो कवितासङ्ग्रह हो’ भन्ने धारणा नराखी पढ्ने हो भने यसभित्र गद्यलघुकाव्यको सुवास पनि पाउन सकिन्छ । ‘सविता’ शब्दले तेजोमय बिम्बको अर्थ बोक्ने र यसभित्रका कविताहरू कवयित्री सविता शर्माको कवित्व शक्तिलाई चहकिलो रूपमा प्रस्तुत गर्ने सवितायुक्त भएकाले कवितासङ्ग्रहको नाउँ ‘कवितामा सविता’ सार्थक देखिएको छ ।