शब्दयात्रा प्रकाशन पुस्तकालयलाई कवि हरिप्रसाद चौलागाईं, आध्यात्मिक लेखक उद्धवप्रसाद भट्टराई र साहित्यकार तथा समालोचक डा. श्याम भट्टराईले केही पुस्तकहरू उपहार प्रदान गर्नुभएको छ । प्रदान गरिएका पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट सङ्गीता केसीले ग्रहण गर्नुभएको थियो ।