Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट ‘संस्मरण र आत्मवृत्तान्त’ प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनबाट ‘संस्मरण र आत्मवृत्तान्त’ प्रकाशन हुँदै

शब्दयात्रा प्रकाशनले ‘संस्मरण र आत्मवृत्तान्त’ नामक पुस्तक प्रकाशन गर्ने भएको छ । बनेपाका हर्षनारायण कर्माचार्यले लेख्नुभएका फुटकर लेख–संस्मरणहरूको सङ्ग्रहका रूपमा रहेको उक्त पुस्तकमा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवालको मन्तव्य रहेको छ ।
शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा सम्पन्न —
शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा यही २०७८ साल असोज ९ गते सम्पन्न भएको छ । सभाले सञ्चालक समितिमा रिक्त हुन आएका दुई सदस्यमा केदारनाथ तिमल्सिना र अमृत अधिकारीलाई मनोनयन गरी सञ्चालक समितिको पुनर्गठन गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन, स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन, आ. व. २०७८–७९ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा आ. व. २०७९–८० का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण पारित गरेको छ । आ. व. २०७८–७९ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत तोकेको छ ।