Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
HomeActivities‘शब्दसंवाद’ मा शङ्कर काफ्ले

‘शब्दसंवाद’ मा शङ्कर काफ्ले

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ८४ औँ शृङ्खला शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७६ वैशाख १३ गते शुक्रबार लक्ष्मी पोखरेलको सभापतित्व, समाजसेवी चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्य र शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्माको उद्घोषणमा सम्पन्न भयो । उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपबाट शिक्षासेवी शङ्कर काफ्लेले संस्कृत भाषा, देवनागरी लिपि र पाणिनीय व्याकरणका विषयमा सारगर्भित प्रवचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, अग्रज लोकगायक मच्छेश्वर सापकोटा, लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी, ज्यो. पं. रमेश अधिकारी, शिक्षासेवी फणीन्द्रराज अधिकारी, लेखकहरू दामोदर घिमिरे, केदारनाथ तिमल्सिना, ओतबहादुर खड्का, पुण्यवती घले र सहदीप पलान्चोके, वासुदेव कुइँकेल, सिना ढकाल, मनकुमारी दाहाल, नवराज पराजुली, पुण्यप्रसाद निरौला, गङ्गा अधिकारी, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।