Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesबनेपाप्रमुखबाट सालिक अवलोकन

बनेपाप्रमुखबाट सालिक अवलोकन

बनेपा नगरपालिकाका नगरप्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठले बनेपाको नीलकण्ठेश्वर महादेवस्थानमा अवस्थित शब्दयात्रा प्रकाशन परिसरको भ्रमण गर्नुभयो । त्यस बखत उहाँले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित पाँचजना शब्दसाधकहरूको सालिक, सरस्वतीको प्रतिमा र पुस्तकालयको अभिरुचिपूर्वक अवलोकन गर्नुभयो । उहाँका साथमा बनेपा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष सच्चिदानन्द केसी पनि हुनुहुन्थ्यो ।
उहाँहरूलाई शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र जग्गादाता कृष्णमणि कुइँकेलले स्वागत गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनको योजनाका बारेमा हरि मञ्जुश्री र शिव बन्जाराले जानकारी गराउनुभएको थियो ।