Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
HomeActivities‘शब्दसंवाद’ मा किताबसिंह लामा

‘शब्दसंवाद’ मा किताबसिंह लामा

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७४ औँ शृङ्खलामा व्यवसायी किताबसिंह लामाले प्रमुख वक्ताका रूपबाट आफ्नो जीवनयात्रामा भोग्नुपरेका तीतामीठा कुराहरू प्रस्तुत गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ माघ ४ गते शुक्रबार आयोजित उक्त कार्यक्रमका सभापति शिक्षासेवी तथा समाजसेवी सुश्री निर्मला श्रेष्ठ र प्रमुख अतिथि लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शिक्षासेवी रामप्रसाद अधिकारी, लेखकहरू ओतबहादुर खड्का र केदारनाथ तिमल्सिना, समाजसेवी छविलाल कुइँकेल र विष्णुहरि तिमल्सिना, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नवराज पराजुली, पुरुषोत्तम हुमागाईं, चन्द्रमणि तिमल्सिना, रीक्षा घिमिरे आदि उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।