शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मालाई पारिवारिक शोक परेको छ । उहाँकी जेठी बुहारी यशोदा खनाल धितालको गत २०७४ असोज २७ गते राति धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । असोज २८ गते बिहान बनेपामा उहाँको दाहसंस्कार गरिएको थियो ।
शब्दयात्रा प्रकाशन परिवार गतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।