युवा लेखक छवीन्द्र चेम्जोङको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘अल्झिएका सपना’ गजलसङ्ग्रह विशेषतः प्रेमसँग सम्बन्धित छ । मिलन–बिछोड र सुख–दुःख तथा त्यसले मनमा पारेको प्रभाव यस गजलसङ्ग्रहका विषयवस्तु हुन् । यसले गजलकारको विचारको प्रतिनिधित्व गरेको छ ।
युवा लेखक छवीन्द्र चेम्जोङको दोस्रो कृतिका रूपमा प्रस्तुत ‘अल्झिएका सपना’ गजलसङ्ग्रह विशेषतः प्रेमसँग सम्बन्धित छ । मिलन–बिछोड र सुख–दुःख तथा त्यसले मनमा पारेको प्रभाव यस गजलसङ्ग्रहका विषयवस्तु हुन् । यसले गजलकारको विचारको प्रतिनिधित्व गरेको छ ।
शब्दयात्रा प्रकाशनका सम्पूर्ण सदस्य महानुभावहरू !
सञ्चालक समितिको मिति २०८१ मङ्सिर २० गतेको बैठकबाट निर्णय भए अनुसार यही २०८१ साल पुस १३ गते शनिबार दिउँसो ११ः३० बजे कृष्ण–गीता परिसर शब्दसाधक तीर्थ बनेपामा यस शब्दयात्रा प्रकाशनको एघारौं वार्षिक साधारण सभा बस्ने भएकाले सम्पूर्ण सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारी प्रकाशनको वेबसाइट www.sypublication.com.np मा र कार्यालयको सूचनापाटीमा हेर्न र पढ्न सकिनेछ । साथै, सबै सदस्यज्यूहरूको घर–ठेगानामा पनि पत्र पठाइएको छ । कुनै कारणले पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी सभामा उपस्थित भइदिन सम्बन्धित सबैमा अनुरोध छ । सदस्यज्यूहरूको सुविधाका लागि आवश्यक विवरणहरू कार्यालयमै बसी अध्ययन गर्न सकिने व्यवस्थासमेत मिलाइएकाले कार्यालय समयभित्र कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ ।
एघारौं वार्षिक साधारण सभा, २०८१ मा पेस हुने प्रस्तावहरू —
१. सञ्चालक समितिको प्रतिवेदन, २०८१ छालफल गरी पारित गर्ने ।
२. स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात र सोही मितिमा सम्पन्न आ.व. २०८०–८१ को नगद प्रवाह विवरण, नाफा–नोक्सान विवरण एवं आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
३. आ. व. २०८१–८२ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
४. आ. व. २०८१–८२ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा २०८२–८३ का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण छलफल गरी पारित गर्ने ।
५. साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सदस्यहरूमध्येबाट दुई सदस्यको मनोनयन गर्ने ।
६. विविध
कुनै सदस्य महानुभावले साधारण सभा समक्ष थप कुनै विषय वा प्रस्ताव प्रस्तुत गर्न चाहेमा सभा सुरु हुनुभन्दा अगावै त्यस्तो विषय वा प्रस्ताव लिखित रूपमा दर्ता गराइसक्नुपर्नेछ । साधारण सभाले स्वीकार गरेमा त्यस्तो विषय वा प्रस्तावलाई साधारण सभाको कार्यसूचीमा समावेश गरी छलफल र निर्णय गर्न सकिनेछ ।
शब्दयात्रा प्रकाशन