
द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को पछिल्लो कृति ‘हिरण्य भोजपुरे : साहित्य र सङ्गीतका महारथी’ उहाँको सुबोधगम्य, सुसभ्य, सुशृङ्खलित, सुविचारयुुक्त, सुललित र सुन्दर लेखनको उदाहरण हो । यस पुस्तिकाको नाउँले नै हिरण्य भोजपुरेको विशेषता बुझाउँछ । नेपालका विशिष्ट विद्वान्हरूले हिरण्य भोजपुरेका विषयमा अभिव्यक्त गर्नुभएका विचारहरू यसमा पढ्न पाइन्छ । सँगसँगै द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको मूल्याङ्कन पनि यसमा छ । आकारमा यो पुस्तिका सानो भएर पनि लेखकको कौशलका कारण हिरण्य भोजपुरेको समग्र जीवन र योगदान यसमा अटाएको छ ।