शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा समर्पण गर्ने गरेको विज्ञान–प्रविधि सम्मान, शिक्षा सम्मान, आमसञ्चार सम्मान र सामाजिक जागरण सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन ‘नेपालभूमि साप्ताहिक’ पत्रिका र ‘शब्दसञ्चार’ साप्ताहिक रेडियो कार्यक्रममार्फत सार्वजनिक रूपमा आह्वान गरेको रहेछ । त्यो आह्वानपछि संस्थाका सदस्यहरू र संस्थाबाहिरका व्यक्तिहरूले पनि केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको रहेछ ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म मुकुन्दप्रसाद दाहालको संयोजकत्वमा रघुनाथ घिमिरे, श्यामकृष्ण त्रिपाठी र पम्फा थपलिया सत्याल सदस्य रहेको सम्मानित व्यक्तित्व चयन समिति बनायो । हामी चारैजना काभ्रे जिल्लाका बासिन्दा छौँ । हामीलाई चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
सम्मानका लागि सिफारिस गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरू र संस्थाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । हामीलाई प्राप्त भएका नाउँहरूमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन गरी सम्बन्धित सम्मान समर्पण गर्नका लागि सिफारिस ग¥यौँ । त्यसपछि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार नै सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा अग्रज पत्रकार होमनाथ दाहाल, नेपालको पहिलो सामुदायिक विद्यालय षडानन्द माध्यमिक विद्यालय, नेपालको पहिलो कम्प्युटर प्रोग्रामर मुनिबहादुर शाक्य र काभ्रे जिल्लामा सक्रिय सामाजिक संस्था लभग्रीन नेपालप्रति चयन समिति आभार व्यक्त गर्दछ । उहाँहरू सबैलाई हामी हार्दिक बधाई अर्पण गर्दछौँ ।
सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण ‘नेपालभूमि साप्ताहिक’ को अतिरिक्त विशेषाङ्कमा उल्लेख गरिएकाले उहाँहरूका विषयमा विशेष जानकारी तपाईंहरूको हातमा आइपुगेको त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछु ।
कार्यक्रममा श्रीधर प्याकु¥यालको ‘भर्तृहरि शतक’, बेलप्रसाद श्रेष्ठको ‘मी एन्ड माई धुलिखेल’, विष्णुहरि तिमल्सिनाको ‘शाहवंशका चर्तिकला’ र पूरा श्रेष्ठको ‘पुनर्जन्म’ सार्वजनिक हुन लागेको हुनाले चारैजना कृतिकारलाई चयन समितिका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।