शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्री सम्मानित हुनुभएको छ । उहाँलाई ललितपुरको महालक्ष्मी साहित्य समाजले यही वैशाख ८ गते सम्मानपत्र समर्पण गरेको हो । नेपाली भाषा–साहित्यका क्षेत्रमा गरेको अतुलनीय योगदानका लागि उहाँलाई सम्मान गरिएको बेहोरा सम्मानपत्रमा उल्लेख गरिएको छ ।