शब्दयात्रा प्रकाशनको आयोजनामा ‘सुभाष खड्का’ विषयक कवितागोष्ठी सम्पन्न भएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो भदौ ३० गते आयोजित कवितागोष्ठीको सभापतित्व शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले र प्रमुख आतिथ्य शिक्षासेवी तथा लेखक हरिविनोद अधिकारीले गर्नुभएको थियो भने विशेष अतिथि प्राध्यापक तथा समालोचक डा. षडानन्द पौड्याल र सुभाष स्मृति प्रतिष्ठानका अध्यक्ष शिक्षासेवी तथा समाजसेवी चन्द्रबहादुर खड्का हुनुहुन्थ्यो । कार्यक्रममा रश्मि हुमागाई, पदम दाहाल, सरस्वती चिमोरिया, अच्युत अधिकारी, शारदा घिमिरे भैल, दामोदर घिमिरे, कालिका त्रिपाठी पन्त, छत्रपति दाहाल, भवानी पाण्डे, ढुण्डिराज पोखरेल, केदारनाथ तिमल्सिना र चूडाप्रसाद चौलागाईंले कविता वाचन गर्नुभएको थियो भने कविता प्राप्त भएर पनि विभिन्न कारणले गर्दा जयनारायण नेपाल, शिव बन्जारा, लक्ष्मी बडाल र ओतबहादुर खड्का कार्यक्रममा उपस्थित हुन सक्नुभएको थिएन । कालिका त्रिपाठी पन्तले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा डा. इन्दुल केसीले समुद्घाटन, कृष्णमणि कुइकेलले स्वागत भाषण, वेदप्रसाद गौतमले रुद्राक्षमाला अर्पण र सङ्गीता केसीले सामग्री व्यवस्थापन गर्नुभएको थियो । प्रमुख अतिथि र विशेष अतिथिलाई शब्दयात्रा प्रकाशनका तर्फबाट पदमनाथ ढुङ्गानाले उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रममा कविता वाचन गर्ने सबैलाई आभारपत्रका साथमा एक–एकवटा आख्यानकृति चन्द्रबहादुर खड्काले प्रदान गर्नुभएको थियो ।